मनोरञ्जन

‘गल्ति मेरो थियो होला’ बजारमा (भिडियो)

काठमाडौं । नेपाली म्युजिक भिडियो हरुको छायांकन नेपालमा मात्र नभई बिदेशमा पनि हुने गरेका छन् । बिदेशमा बसेका नेपाली हरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘गल्ति मेरो थियो होला’ सार्बजनिक गरिएको छ । नक्कले गाइजको प्रस्तुति रहेको भिडियो कुवेतमा छायांकन गरिएको हो ।

राज दोङ्ग र अभियान दोङ्गको आवाज रहेको छ । अभियानको शब्द रहेको गीतमा राज दोङ्गको संगीत रहेको छ । नक्कले प्रेम स्यांग्तानले निर्देशन गरेको भिडियोमा एउटा केटाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पिडा देखाउन खोजिएको छ ।

नक्कले प्रेमकै छायांकन रहेको भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् । भिडियोमा आरोन्स योल्मो,सरु गिरि,बबाल ठकुरी र दिपक राइको अभिनय रहेको छ। बिदेशमा बस्दै आइ रहेका प्रेमले नेपाली गीत संगीत तथा भिडियोमा आफुलाई सक्रिय राख्दै आइ रहेका छन् ।