आर्थिक

स्प्राइटले ल्यायो रिचार्ज अफर

काठमाडौं । प्रतिष्ठित पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको ‘रिफ्रेस एण्ड रिचार्ज’ नामक अफर सार्वजनिक गरेको छ । ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरीद गरि यो योजनामा सहभागी हुन सक्ने बताईएको हो ।

यो योजनामा ग्राहकले रु १० देखी रु ५००० सम्मको रिचार्ज प्राप्त गर्न सक्नेछन् । यो योजना भरीमा ग्राहकहरुले ४ करोड रुपैया बराबरको रिचार्ज जित्न सक्नेछन् । कम्पनीले उक्त अफरको ट्याग लाइन –‘रिफ्रेस बनायो, रिर्चाज गरायो’ भन्ने नारा सहिते ल्याएको हो ।

यो अभियानको भागको रूपमा स्प्राइटले एउटा टिवीसी पनि सार्बजनिक गरेको छ, जुन रिफ्रेश र रिचार्जको मुख्य सन्देशमा केन्द्रित रहेको छ ।

यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एस एम एस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो अफर बिना स्टक पनि उपलब्ध हुने. जनाईएको छ ।
यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।