समाचार

गोविन्द केसीको अनसन २४ औँ दिनमाः स्वास्थ्य तलमाथि हुन सक्ने चिन्ताजनक मोडमा, सरकार मस्त निद्रामा

काठमाडौं । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था दिनानुदिन जटिल बन्दैँ गएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दैँ अनसनरत केसीको स्वास्थ्य निकै नाजुक अवस्थामा पुगेको हो । केसीको हेरचाहमा संलग्न चिकित्सकहरुका अनुसार केसीका अधिकांश शरिरका अंगहरु निष्क्रीय बन्दै गएका छन् ।

१५ औँ पटकको यो अनसन अहिलेसम्मकै लामो अनसन बनेको छ । यसअघि नेपाली कांग्रेस नेतृत्व सरकारको पालामा २३ दिनसम्म अनसन बसेका थिए । केसीले गत महिनाको १६ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफ्नो १५ औँ अनसन सुरु गरेका थिए ।

सरकारले संसदमा लगेको विधेयक फिर्ता हुनुपर्ने माग राखेका अनसन सुरु गरेका केसीका मागमा सरकार संवेदनशील बनेको छैन् ।

केसीका सबै माग जायज भएको भन्दैँ नेपाली कांग्रेस, विवेकशील साझा लगायत दलले ऐक्यबद्धता जनाउदैँ आएका छन् ।