गण्डकी प्रदेश

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण

बाबियाचौर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको आर्थिक सहयोगमा नारच्याङको बेँशी गाउँमा शौचालयसहित छ कोठे एक तले भवन निर्माण भएको हो । भुई ढलान र पलास्टर गरिएको पर्खाल भएको भवनको छानो जस्तापाताले छाएको छ ।

भवनमा नागरिक सहायता, बिरामीको स्वास्थ्य परीक्षण, प्रसूति, औषधि भण्डारण, ल्याब, प्रशासनिक कक्षका लागि आवश्यक कोठासहितको पूर्वाधार तयार पारिएको छ । लायन्स क्लब पोखराको रु ३६ लाख सहयोगमा निर्माण भएको भवनमा झ्याल ढोका, विद्युत्, पानीलगायतका पूर्वाधार व्यवस्थापन गरेर प्रयोगमा ल्याउने तयारी गरेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले जानकारी दिए ।

हाल वडा कार्यालयको भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । भवन अभावमा प्रसूति सेवा उपलब्ध गराउन सकिएको थिएन । नारच्याङका गर्भवती प्रसूति सेवाका लागि भुरुङ तातोपानी र बेनी पुग्ने गरेका थिए । नयाँ भवनमा प्रसूति सेवा शुरु गर्ने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका फगामीले बताए।

भवन निर्माणका लागि तत्कालीन नारच्याङ गाविसले करीब रु नौ लाख खर्च गरेर तीन रोपनी जग्गा खरीद गरेको थ