शिक्षा

बाल उद्धारमा नयाँ विद्यार्थीको स्वागत

काठमाडौं । राजधानीको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयले प्लस टु मा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम गरि नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।

एक औपचारिक कार्यक्रमका बीच नयाँ विद्यार्थीहरुलाई ओरिन्टेसन समेत गरिएको छ ।

कार्यक्रममा करिब ५ दर्जन बढी नयाँ भर्ना भएका विद्यार्थीको उपस्थिती रहेको थियो । करिब तीन दशक अघि स्थापना भएको बाल उद्धारले अहिले व्यवस्थापन संकाय, विज्ञान संकाय, पत्रकारिता लगायत संकायको पठनपाठन गराउदैँ आएको छ ।

कार्यक्रममा शिक्षकहरुले आफूले पढाउने संकायको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न श्रव्यदृश्य सामग्रीमार्फत नयाँ विद्यार्थीलाई ओरिन्टेसन गरिएको थियो ।