साहित्य

‘म को हुँ ?’ को लोकार्पण

काठमाडौँ । ‘म को हुँ ?’ नामक आध्यात्मिक महाकाव्यको लोकार्पण गरिएको छ । सत्संग परिवारद्वारा आज यहाँ आयोजित कार्यक्रममा १००८ स्वामी सरस्वती मधुसुदनान्द गिरीले प्रा शिवगोपाल रिसालले लेखेको उक्त महाकाव्यको लोकार्पण गरेका हुन् ।

थसिखेल निवासी विभुप्रसाद आर्यालले प्रकाशनमा ल्याउनुभएको उक्त महाकाव्यमा तीन पटकमा विभाजित एवं विभिन्न २० शीर्षकमा लेखिएको छ ।

यो पुस्तक विसं २०४४ मा पहिलो, २०६० मा दोस्रो र तेस्रो संस्करण आज लोकार्पण भएको हो ।

पुस्तकबारे मधुसुधानन्द गिरीले पुस्तक सबै साधकका लागि उपयोगी ग्रन्थ भएको बताए । उनले राष्ट्रियतालाई केन्द्र बिन्दुमा राखेर लेखिएको भन्दै धर्म संस्कृतिलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गरे ।

लेखक प्रा शिवगोपाल रिमालले ‘म को हुँ ?’ शीर्षकमा लेखिएको आफ्नो पुस्तक बेदान्त र आध्यात्मविद्या भएको स्पष्ट गरे । उनले आफ्नो पुस्तक प्रकाशनमा ल्याइदिनुभएको प्रशंसनीय भएको बताए ।

प्रकाशक विभुप्रसाद अर्यालले आध्यात्मिक क्षेत्रमा निरन्तर योगदान गर्ने भन्दै जीव र ब्रह्मको एकता गर्ने लक्ष्यतर्फ लागिपर्ने बताए ।

पुस्तकको टिप्पणीले सीता भट्टराई र प्रभाव भट्टराईले पुस्तक पठनीय एवं आध्यात्मिक दृष्टिकोणबाट अन्यन्त महत्वपूर्ण भएको बताउनुभयो ।