राजनीति

वीपीले आँट गर्नुभयो, कम्युनिष्टहरुले होइन माफियाले मुलुक चलाए – बरिष्ठ नेता पौडेल

काठमाण्डौ । पार्टीको सत्तापक्षको अवरोधका बीच यो कार्यक्रम भएको हो । महिला संघमा उत्साह जागोस भनेर काठमाडौं महिला संघले यो कार्यक्रम राखेको हो । यो भेला राष्ट्रिय रुपमा सोचिएको थियो । यो कार्यक्रम रोक्न धेरै कोशिस भएको थियो । वीपी कोइरालाको इतिहास थियो, पार्टी सेलाएर बसेको थियो । वीपी छुट्नुभयो । तर पार्टीको बहुमत सुर्वणशम्सेरसंग थियो । अनि पनि वीपीले आँट गर्नुभयो । उहाँले क्रान्ति गर्नुभयो । क्रान्ति सफल भयो र नेपाली कांग्रेसमा एउटा उर्जा थप्यो । त्यो समयमा केहि साथीहरु सहिद हुनुभयो । तर देशले काँचुली फे¥यो । पार्टीले उचाई प्राप्त ग¥यो ।

त्यसैगरि आज काठमाडौं महिला संघले आयोजना गरेको यो कार्यक्रमले पनि एउटा तरङ पैदा गरेको छ । चुनावमा पार्टी पराजित भएको बिषयलाई पार्टीको केन्द्रीय समितिले जिम्मा लिएको थियो । हेटौडा जिल्ला सभापतिहरुको भेलामा पुगेर पार्टी सभापतिले पनि आफ्नो गल्ती महशुस गर्नुभयो । अब महिला संघको यो कार्यक्रमले महिला संघको नेतृत्वबाट भए गरेका गल्तीको महशुस गर्नेछ भन्ने मैले विश्वास लिएको छु, पौडेलले भने ।

नेपाली कांग्रेसका उम्मेदवारहरुले तीनै तहको चुनावमा महिला संघ कहिँ कतै भेटाइएन । आमा समुहहरु सवै उम्मेदवारले भेटे । त्यो हाम्रो संगठनको कमजोरी हो । अब सवै महिलाहरुले गाँउमा गएर महिला संघ र नेपाली कांग्रेसको संगठन बनाउने प्रण गर्नुस । अब महिला संघको संगठन सवै स्थानीय तहका वडाहरुमा पुग्न जरुरी छ । त्यही अनुसार अब महिला संघको संगठनलाई वडा तहसम्म पु¥याउनु होला, बरिष्ठ नेता पौडेलको तर्क छ ।

नेपालका कम्युनिष्टहरुले नेपालमा कम्युनिजम ल्याउने होइन नयाँ शोषक वर्ग जन्माउनेवाल छन् । अहिले देश माफियाले चलाइरहेको छ । लाल झण्डा ओढेपछि सवै खत माफ हुने अवस्था आएको छ । यसरी नयाँ शोषक वर्गको जन्म कम्युनिष्टहरुले दिदैछन् । त्यसको खबरदारी अब गाँउ गाँउबाट हुन जरुरी छ, पौडेल बताउछन् ।

मेरो महिला नेताहरुले प्रश्न पनि छ, तपाईहरु महिलाको मात्र नेता हुने कि सिंगो देशको नेता हुन् ? त्यो महिला नेताहरुको हातमा छ । अब महिलाहरुले महिलाका मुद्दामा होइन राष्ट्रको मुद्दामा बोल्ने तागत राख्नुपर्छ । मैले अरुले देश चलाएको देख्दा आफैलाई खसखस लागेको थियो । मैले मुलुक चलाउने मौका पाइन् । मलाई अझ राम्रोसंग चलाउन सक्छु जस्तो लागेको थियो । मैले मन्त्री हुँदा धेरै कार्यक्रम ल्याएको थिए । तर ती कार्यक्रम कार्यान्वयनमा आएनन् । उनले महिलासंघको कार्यक्रमलाई संबोधन गर्दै बताए ।