राजनीति

नेकपा भातृ संगठनको मागः गोविन्द केसीलाई तत्काल कारवाही गरियोस

काठमाडौं । मुलुकमा चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या उपर सत्तासीन पार्टीका भातृ युवा विद्यार्थी संगठनहरुले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसिको आन्दोलन र त्यसले सृजना गरेको अन्यौलताको सन्दर्भमा स्पष्ट पारेको छ ।

नेपाल सरकार लगायतका सवै सम्वद्ध निकायमा युवा संगठनहरुले संयुक्त रुपमा अनसनरत डा. केसीको विषयमा धारणा र माग स्पष्ट पारेका छन् ।

यस्ता छन् वाइसिएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तीकारी) द्धारा संयुक्त रुपमा जारी विज्ञप्तीका धारणा र मागः

१)नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख ब्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रवाट संचालित सम्पुर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।

२)आधारभुत तहका जनताको जीवनसंग खेलवाड  स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पुर्ण रुपमा प्रतिवन्ध लगाइयोस्। जनताको करवाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कार्वाही गरियोस्।

३) स्वास्थ्य शिक्षामा देखिएका सवै समस्या दिर्घकालिन ढंगले समाधान गर्न
उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सुचारू गरियोस् ।

५)चिकित्सा शिक्षा लगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय म्याण्डेट पाएको सार्वभौमसत्ता सम्पन्न संसदलाई छलफल र निकासको साझा थलो वनाइयोस्।

६)राष्ट्रिय चिकित्सा आयोगवाट नै समस्या निरोपण हुने भएकाले जारी गोविन्द केसिको अनसन वार्तावाट तत्काल अन्त्य गरियोस्।

७) गोविन्द केसिको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गरियोस् ।

८ )अनेकन् प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी वेच्न पल्किएका नेम (NAME) , भाईब्रेन्ट जस्ता इन्स्टिच्युटलाई छानवीन गरि कडा कार्वाही गरियोस् ।