आर्थिक

आइएमई पे र नेपाल वायुसेवा निगमवीच सम्झौता

काठमाडौं । ‘आइएमई पे’ र नेपाल वायुसेवा निगमवीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्यमै खरिद गर्न सक्नेछन् ।