समाचार

गोबिन्द केसीको माग पुरा नगर्ने ओली सरकारको मुखमा ताल्चा लगाईन्छ : तरुण दल

काठमाडौं । काँग्रेसको भातृसंगठन नेपाल तरुण दलले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी व्यापक पदर्शन गरेको छ । शनिबार प्रहरीले तरुण दलमाथि गरेको दमनको विरोध स्वरुप केन्द्रीय समितिकोनिर्णय अनुसार देशभर प्रदर्शन गरेको हो ।

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउदैँ तरुण दलले अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्नुपर्नेमा जोड दिएको थियो । सत्याग्रही डा.गोविन्द केसीका माग पूरा गर्न शनिबार तरुण दलले गरेको प्रदर्शनमा प्रहरीले आक्रमण गरेको थियो । प्रहरीले गरेको आक्रमणबाट संगठनका अध्यक्ष जितजंग बस्नेत, ललितपुर सभापति मदन अमात्य, पूर्बमन्त्री बीरबहादुर बलायर, कााग्रेस केन्द्रीय सदस्य महेन्द्र यादब,, तरुण दलका नेताहरु बाबुराम आचार्य, मुना भुषाल, क्षितिज भण्डारी लगायत दर्जनौँ काँग्रेस नेता, कार्यकर्ता घाईते भएका थिए ।

नागरिक अधिकारमाथि सरकारी हस्तक्षेप भएको भन्दै देशभर प्रदर्शन गर्ने क्रममा तरुण दल काठमाण्डौले काठमाण्डौ जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । तरुण दल जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष सिजन गुरुङका अनुसार उक्त प्रदर्शनमा देशभरबाट काठमाण्डौमा उपलब्ध तरुण काँग्रेसहरुको बाक्लो उपस्थिति थिायो । उक्त बिरोध जुलुससहितको प्रदर्शनमा केन्द्रीय महासचिब भुपेन्द्रजंग शाही लगायत तरुण दलका बरिष्ठ नेताहरुको उपस्थिति थियो ।

तरुण दलले संविधानद्वारा प्रदत्त नागरिक अधिकारको हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै काठमाडौं लगायत देशभर प्रदर्शन गरेको महासचिब शाहीले सुर्यखबरलाई बताए । महासचिब शाहीले अब जनतालाई दमन गर्ने ओली सरकारको मुखमा ताला लगाउनुपर्ने बताएका थिए । काँग्रेस र सरकारबीच पछिल्लो समयमा बढ्दै गएको दुरीलाइ मध्यनजर गर्दा तरुण दलले सोमबार समेत बिभिन्न कार्यक्रमलाई निरन्तरता दिन सक्ने ठम्याउन सकिन्छ ।

तरुण दलद्वारा काठ्माण्डौ जिल्ला प्रशासन कार्यालय घेराउ