समाचार

महिला अभियान नेपाल द्वारा कानुनमन्त्री तामाङ र दुर्गा प्रसाईलाई कारवाही गर्न जोडदार माग

काठमाडौं । महिला अभियान नेपालले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङ र झापाको विर्तामोड स्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले गरेको टिप्पणीप्रति गम्भीर आपत्ती जनाएका छन् । महिला अभियान नेपालले आइतबार एक विज्ञप्ती जारी गर्दै एमबीबीएस पढ्न बंगलादेश गएका नेपाली नारीहरु करणी भएर मात्र पास भई नेपाल फर्किने गरेको गैरजिम्मेवार अभिव्यक्तीप्रति खेद प्रकट गरेको हो ।

‘कानुन मन्त्रालय नै सम्हालेर बसेका मन्त्रीबाट नारीलाई आघात पुग्ने गरी अभिव्यक्ती आउनु दण्डहीनताको पराकाष्टा हो, अभियान नेपाल अध्यक्ष यसोदा कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, यसरी शक्ति र पैसाका आडमा उभिएर समाजमा आधा आकाश ढाकेका महिलाको चरित्रमाथि खेलवाड गर्ने, अस्मिता माथि धावा बोल्ने मन्त्री तामाङ र दुर्गा प्रर्साईलाई जतिसक्दो छिटो कारवाहीका लागि माग गर्दछु ।’

यस्तो गैरजिम्मेवार अभिव्यक्ती दिने जो कोहीलाई पनि कानुनको कठघरामा उभ्याउन महिला अभियान नेपालले सरकारसँग जोडदार माग गरेको छ ।

विज्ञप्ती:-