समाचार

६६ किलो गाँजा सहित चौधरी र थारु प्रहरी नियन्त्रणमा

काठमाडौं । ६६ किलो गाँजा सहित २ मानिस जना समातिएका छन् । पर्साको सोलकपुरमा खटिएको सशस्त्र प्रहरी बल, नेपालको टोलीले चेकजाँच गर्ने क्रममा जितपुरबाट पर्सागढी जादै गरेको ना.१.ज.२४९३ टाटा सुमोको बिच भाग सिटमा लुकाएको अवस्थामा उक्त परिमाणमा गाजा बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सुमो चालक गोबिन्द कुमार चौधरी र उक्त सुमोमा सवार ३३ बर्षीय दिनेश प्रसाद थारु रहेका छन् । उनीहरुको साथबाट ५ पोका अवैध लागु औषध गाँजा बरामद गरिएको छ । गाँजा र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।