पर्यटन/संस्कृति

नागेश्वरमा साउने मेलाको तयारी

काठमाडौँ । कामपा–३२ स्थित नागेश्वर महादेव मन्दिरमा साउने सोमबारका दिन दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि नै मन्दिरको चारै ढोका खुला राखिने भएको छ ।

साँझको सन्ध्याकालीन आरती ६ः३० देखि ७ः३० बजेसम्म हुनेछ । वागसिंह रायले विसं १८८१ मा स्थापना गरेको मन्दिरमा गत साल भारतीय तीर्थ यात्रीसहित झण्डै पाँच लाख भक्तजनले दर्शन गरेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए।
नागेश्वर महादेवको दर्शन गर्नाले मुद्दामामिला आदि झञ्झटबाट छुट्कारा पाउनाका साथै सन्तानलाभ र श्रीप्राप्ति हुने विश्वास छ । नागेश्वरमा हरेक बिहान वैदिक विधिपूर्वक रुद्री र साँझ आरती हुने गर्छ । वाणेश्वर महादेव, गोलढुंगानामा पनि सोमबारे मेला लाग्ने बताइएको छ ।