राजनीति

कांग्रेस सभापती देउवा पत्नी आरजुको गम्भीर आरोपः ओलीको मानसिक अवस्था खल्बलियो

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले ओली सरकारले आफ्नो सोच्ने क्षमता गुमाएको गम्भीर आरोप लगाएकी छन् । आइतबार फेसबुकमार्फत देउवाले ओली सरकारको सोच्ने क्षमता तलमाथि नभएको भए जनताका मागलाई लत्याउनु नपर्ने थियो भन्ने अभिव्यक्ती दिएका हुन् ।

‘तरुण दलमाथि आक्रमण, अस्पतालजस्तो संवेदनशील क्षेत्रमा दादागिरी, जनताका मागप्रति वेवास्ता गरेको छ ।, देउवाले स्टाटसमा लेखेकी छन्, ओली सरकारले आफ्नो सोच्ने क्षमता गुमाएको छ तसर्थ सरकारले यो निंदनीय कार्य गरेको छ ।’

लोकतन्त्र ल्याउन कैयौँ नागरिकले ज्यानको आहुती दिएको भन्दै उनले जय नेपाल शब्द र लोकतन्त्रमाथि अपमान भएको बताएकी छन् । ‘यो जय नेपाल शब्द, शब्द मात्र होईन एक अभियान हो । समृद्ध नेपाल को सूचक शब्द , लोकतांत्रिक नेपालको सूचक शब्द , सर्वसाधारण को अधिकार को सूचक शब्द ।, उनले लेखेकी छन्, जय नेपालको उद्घोष लगाउँदै यो देशमा लोकतंत्र ल्याऊन कैयो नागरिकले शहादत प्राप्त गर्नुभएको छ ।’

ओली सरकार जनताको पहिचानमा परिणत हुनुपर्ने बेलामा अधिनायकवाद र एकलवादमा परिणत हुनु दुःखद भएको उनको भनाई छ ।

डा. आरजु राणा देउवाले फेसबुकमा लेखेको जस्ताको त्यस्तैः-

सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी तथा कार्यकर्ता मित्रहरूलाई जय नेपाल
यो जय नेपाल शब्द, शब्द मात्र होईन एक अभियान हो । समृद्ध नेपाल को सूचक शब्द , लोकतांत्रिक नेपालको सूचक शब्द , सर्वसाधारण को अधिकार को सूचक शब्द ।
जय नेपालको उद्घोष लगाउँदै यो देशमा लोकतंत्र ल्याऊन कैयो नागरिकले शहादत प्राप्त गर्नुभएको छ ।

यसैको परिणाम हो आज नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको मतले लोकतांत्रिक पद्धतिबाट पूर्ण बहुमत सहित सरकारमा छ । तर दुर्भाग्यवश जनताको आशीर्वादलाई तिरस्कार गर्दै ओली सरकार आफ्नो मूल पहिचान अधिनायकवाद र एकलवादमा प्रस्तुत हुदैछ ।

पूर्ण बहुमत सरकारले अभिभावकको भूमिका निभाउनूको साटो दमनकारी रूपमा पेश आएको छ । देशमा आफ्नो अधिकार को कुरा राख्न पाउने अधिकार खोसेको छ । लोकतंत्र को हत्या भईराखेको छ । जनताले चुनेको सरकारले जनता कुरा नसुने झै गरी माफ़ियाहरूको साथ दिदैछ ।

कर्णाली ज्ञानविज्ञान प्रतिष्ठानमा अस्पताल भित्र पसेर गरेको दमन, शांतिपूर्ण ढंगले माईतीघरमा आफ्नो माग राखी रहेको हाम्रो नेवि संघ कार्यकर्ता माथी दमन , जनता तथा सानो उघोग र घरेलू सामानहरू प्रति जथाभावी लगाईएको महँगो कर , देशको संस्कृत विद्यालयका कुलपति लाई तानाशाही ढंगले बेज्जत गर्ने जस्ता सम्पुर्ण कुराहरूले स्पष्ट गराउछ की यो ओली सरकार जनताको भलो गर्ने सरकार होईन यो सरकार अधिनायकवाद सरकार हो । लोकतंत्र विरोधी सरकार हो ।

यही दमन को विरोधमा जब हाम्रो नेपाल तरुणदलका कार्यकर्ता साथीहरू हिजो आंदोलनमा उतरिनु भयो हाम्रा कार्यकर्ताहरू माथी निर्घात र बर्बरता पूर्ण व्यवहार गरियो जस्को कारण हाम्रा तरुणदल सभापति लगाएत सयौं कार्यकर्ताहरू घाईते हुनुभएको छ । तर यो दमनले हामी दबीने छैनौ यो दमन ले हामीलाई अझै जनता को आवाज़ बन्न नैतिक बल प्राप्त भएको छ । असलमा हिजोको तरुण साथीहरूको तरुण शक्ती देखेर सरकार विचलित भएको छ ।

ओली सरकारले आफ्नो सोच्ने क्षमता गुमाएको छ तसर्थ सरकारले यो निंदनीय कार्य गरेको छ । के डा केसी ले आफ्नो कुरा सरकार संग राख्न नपाउने ? के गंगामाया यो देश को नागरिक हुनुहुन्न ? के यो देशका सर्वसाधारण तथा विपक्ष राजनीतिक कार्यकर्ताहरूले आफ्नो माग र कुरा सरकार समक्ष गर्नै नपाउने ? सर्वहारावर्गको कुरा गर्ने कम्युनिस्ट आज सत्तामा आएपछि सर्वहराहरूको सर्वस्व दमन गर्दै छ । आज सर्वहारा जनता महँगाई र दमनको मार खेपिरहेका छन भने ओली सरकार मार्सी चामलको भातको आनंद लिईराखेको छ ।

नेपाली कांग्रेस हिजो पनि जनताको पक्षमा थियो आज पनि छ र आऊदो समयमा पनि जनता को पक्षमा नै रहने छ । नेपाली कांग्रेस हिजो पनि लोकतंत्रको लागी अधिनायक विरुद्ध लडेको इतिहास छ । आज पनि नेपाली कांग्रेस यो देश को लोकतंत्र र यो देश समृद्धिको लागी यो नवअधिनायकवाद ओली सरकार विरुद्ध लडन तप्पर छ ।

म देशभरीका नेपाली कांग्रेस कार्यकर्ता र नेपाली कांग्रेस आबद्धजनलाई अनुरोध गर्दछु कि नवअधिनायकवाद विरुद्ध देशमा लोकतंत्रको माध्यमबाट देशको समृद्धि गर्न सर्वसाधारण जनताको आवाज़ बनेर उठ्नुहोस । नेपाली कांग्रेस अधिनायकवाद दमनकारी विरुद्ध जनताको पक्षमा तपाईहरूको साथमा रहनेछ । अंतमा आंदोलनमा घाईते कार्यकर्ता साथीहरू को शीघ्र स्वास्थ लाभ को कामना गर्द्छु । साथै डा. केसी र श्रीमती गंगामाया श्रेष्ठ को पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्द्छु ।