लुम्बिनी

सिद्धबाबा दुर्घटनामा दुईको मृत्यु

पाल्पा । तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पाल्पाबाट बुटबल जाँदै गरेको ना३ख १००८ नंको ट्रकले सोही दिशातर्फ गइरहेको लु२१ख ९६८० नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । तिनाउ खोलाबाट उनीहरुको शव डोरीको प्रयोग गरेर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ ।