समाचार

गोविन्द केसीको समर्थनमा राजधानीमा सामूहिक अनसन सुरु

काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा राजधानीमा सामूहिक अनसन सुरु भएको छ । राजधानीको वसन्तपुरमा नागरिकद्धारा केसीका मागमा समर्थन जनाउन सत्याग्रह शुरु गरिएको हो । डा. केसीको समर्थनमा बिहान १० बजेदेखि अनसन सुरु गरिएको छ ।

सर्वसाधारणहरुको बाक्लो उपस्थितीमा अनसन सुरु गरिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दैँ विगत २३ दिनदेखि डा. केसी अनशनरत छन् । उनको समर्थनमा शनिबार राजधानीमा विशिष्ट व्यक्तीहरुको सहभागीतामा विशाल प्रदर्शन गरिएको छ ।

यता केसीको स्वास्थ्य अवस्था भने दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।