राजनीति

डा.केसीको जिबन बचाउन बसन्तपुरमा सामुहिक सत्याग्रह, ओली सरकार चौतर्फ चेपुवामा

काठमाण्डौ । आईतबारबाट काठमाण्डौको बस्न्तपुरमा सामुहीक सत्याग्रह शुरु भएको छ । शनिबार पूर्बप्रधानन्यायधीश शुसीला कार्की, लेखक खगेन्द्र संग्रौला, युवा नेता गगन कुमार थापा, पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अधिवक्ता ओम प्रकाश अर्याल लगायत प्रबुद्ध समूहहरुले आजबाट सत्याग्रह थाल्ने चेतावनी शनिबारको कार्यक्रममा दिएका थिए ।
शनिबारकै पूर्ब निर्धारित कार्यक्रम अनुसार आईतबर १० बजेबाट बेलुकी ५ बजेसम्म सोलिडारिटी फर डाक्टर केसी अलायन्सको आयोजनामा सत्याग्रह कार्यक्रम राखिएको छ । शनिबारको सरकारले डो गोबिन्द केसीको माग पुरा नगरेकोमा पूर्ब प्रधानन्यायाधीश शुसीला कार्कीले डा. केसीको माग पुरा नभए देशमा आगो बल्ने बताएकी थिईन् भने लेखक खगेन्द्र संग्रौलाले ०६२/६३ सालमा राजा ज्ञानेन्द्रले गरेजसरी ओली सरकारले जनतामाथी दमन गरेको आरोप लगाएका थिए । ओम प्रकाश अर्याल लगायतले कम्युनिष्ट सरकारलाई गाली गरेका थिए ।
नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको कार्यक्रमले उक्त कार्यक्रमलाई केही अबरोध गरेपनि केहीबेरमा सूचारु भएको थियो । आजबाट गरिने प्रबुद्ध समूहहरुको सत्याग्रहले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमनत्री केपी शर्मा ओलीलाई थप समस्यामा पार्न सक्ने अनुमान राजनीतिक बिश्लेशकहरुले बिश्लेशण गरेका छन् ।
शनिबार तरुण दलले देशभरका जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ । जुम्लामा अनशन बसिरहेका डा. केसीलाई सरकारले जबरजस्ती अपहरणको शैलीमा बिहीबार काठमाण्डौ ल्याएको थियो । आईतबार डा. केसीको आमरण अनशनको २३ औं दिन हो । यतिका दिनसम्म पनि ओली सरकार उनका मागहरुप्रति जिम्मेवार नभएपछि प्रबुद्ध समूहहरु आक्रोसित भएका छन् । ओली सरकारले एकातिर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बिरोधको सामना गर्नुपरेको छ भने प्रबुद्ध समूहहरुको समेत सत्याग्रहले ओली सरकार चेपुवामा परेको छ ।