प्रदेश 1

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमक। मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८:३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।