राजनीति

बानेश्वरमा भएको घटना लगत्तै कांग्रेस सभापति देउवा सिधै बालुवाटार छिरे, प्रधानमन्त्री ओलीलाइ दिए यस्तो दनक !

काठमाडौं । नयाँ वानेश्वरमा आज नेपाल तरुण दलको प्रदर्शन माथि सरकारको अन्धाधुन्ध आक्रमण लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सोझै बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै सभापती देउवाले डा. केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका छन् । उनले ओलीलाइ यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि दिएका थिए ।