राजनीति

तरुण आन्दोलनमा सरकारी दमनबाट ओलीको अधिनायकवादी चरित्र उदाङ्गीयोः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेपाल तरुण दलको पूर्व घोषित कार्यक्रमलाई हस्तक्षेप गरेकोप्रति निन्दा गरेको छ । वरिष्ठ नेता पौडेलले राजधानीको नयाँ बानेश्वरमा शनिबार भएको घटनापछि एक विज्ञप्ती जारी गर्दै सरकारको अधिनायकवादी चरित्र उदाङ्गो भएको जनाएका हुन् ।

पौडेलले तरुण दलको शान्तिपूर्ण आन्दोलनमा सरकारी दमनप्रति आक्रोस पोखेका छन् । ‘बानेश्वरमा शान्तिपूर्ण रुपमा सरकारका विरुद्ध प्रर्दशनमा रहेका नेपाल तरुण दलको विरोध ¥यालीमा सरकारले दमन गरेको घटनाबाट सरकारको अधिनायकवादी चरित्र उदाङ्गो भएको छ ।, उनले विज्ञप्तीमा भनेका छन्, शान्ति पूर्ण रुमा भएको विरोध प्रर्दशनबाट आतालिएको सरकारले निहत्था तरुण दलका नेता कार्यकर्तामाथि आक्रमणमा उत्रिएर विश्व सामु आफ्नो असली अधिनायकवादी चरित्र प्रर्दशन गरेको छ नेपाल तरुण दलको राजधानीमा भएको प्रर्दशनमा गरिएको प्रहरी हस्तक्षेपको नेपाली कांग्रेस भत्र्सना गर्दछ ।’

उनले केपी ओली नेतृत्वको सरकारले संविधानले प्रदत्त गरेको शान्तिपूर्ण भेला हुन र प्रर्दशन गर्न पाउने अधिकार माथि हस्तक्षेप गरेको जनाएका छन् । हस्तक्षेपले सरकारको अधिनायकवाद उन्मुख चरित्रलाई पुनः एकपटक उजागर गरेको पौडेलले जनाएका छन् ।

सरकारले डा. गोविन्द केसीको जीवन खस्किदो क्रममा रहेको तर सरकार संवेदना शून्य देखिएको बताए । तत्काल वार्ता गर्ने, माग पुरा गर्ने र डा केसीको जीवन रक्षा गर्ने सन्दर्भमा देशव्यापी रुपमा आन्दोलनको भावना बढिरहेको उनको भनाई छ ।

‘सरकारले यो भावनालाई नजरअन्दाज गर्नुको साटो उल्टै रोम जल्दा निरोले बासुरी बजाएको मुद्रामा देखिएको छ ।, नेता पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, अतः तत्कालै यो चरित्रलाई सुधार गर्ने तर्फ सरकार गम्भीर बनोस्, नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।’

नेता पौडेल घटनाको समाचार सुन्ने वित्तिकै तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायत अन्य घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।