साहित्य

वाग्लेको ‘अबिर’ बजारमा

काठमाडौँ । पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अबिर’ उपन्यास आज यहाँ विमोचन भएको छ ।

स्वदेश प्रकाशन द्वारा प्रकाशित उक्त सामाजिक उपन्यास नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका हुन् ।

‘गोरखापत्र राष्ट्रिय दैनिक’ पत्रिकाका सम्पादक वाग्लेका यसअघि दुई कविता संग्रह प्रकाशित भइसकेका छन् । ‘अबिर’ उनको तेस्रो कृति हो ।

‘अबिर’ उपन्यासमा नारीको महत्व, पुरुषले गर्ने व्यवहार र सामाजिक क्षेत्रमा देखिएको राजनीति विकृतिलाई केलाउने प्रयास गरिएको छ ।

उपन्यासको समीक्षा प्रा डा उषा ठाकुर, प्राडा देवीप्रसाद सुवेदी, कथाकार माया ठकुरीले गरेका थिए । कार्यक्रममा कुलपति उप्रेतीले कृति पठनीय भएको धारणा राखे ।