समाचार

केसीको समर्थनमा शुशीला कार्की, बाबुराम, गगन थापा लगायत बिशिष्ट व्यक्ती सहभागी विशाल प्रदर्शन नजिक अश्रुग्यास प्रहार

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा आयोजित विशाल प्रदर्शन नजिक प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । कार्यक्रममा सहभागी केहीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही गरेको हो । तर प्रहरीले प्रहार गरेको अश्रुग्यास कार्यक्रम लक्षित नभएको बुझिएको छ ।

विशाल प्रदर्शनमा पूर्व प्रधानन्याधीश शुशीला कार्की, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, अभिनेत्री मनिषा कोइराला, करिष्मा मानन्धर लगायतको उपस्थिती रहेको छ ।