समाचार

गोविन्द केसीको समर्थनमा काठमाडौंमा विशाल प्रदर्शन हुँदै, प्रधानन्यायाधीश देखि सेलिब्रेटीसम्मको सहभागिता

काठमाडौं । २२ दिन देखि आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा विशाल प्रदर्शन हुने भएके छ । केसीका माग र उनको जीवनरक्षाका लागि राजधानीको माइतीघर मण्डलामा सरकारविरुद्वगोविन्द केसीको समर्थनमा काठमाडौंमा विशाल प्रदर्शन हुँदै, प्रधानन्यायाधीश देखि सेलिब्रेटीसम्मको सहभागिता दशौँ हजार मानिस उतार्ने तयारी गरिएको हो ।

अनसनरत केसीका मागप्रति सरकार उदासिन बनेको भन्दै माइतीघरमण्डलामा मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, लेखक, अधिकारकर्मी, पूर्व प्रधानन्यायाधीश, पुर्वउपकुलपति विभिन्न दलका नेता, कार्यकर्ता, चिकित्सा क्षेत्र आवद्ध विभिन्न संघसंस्थाका प्रतिनीधि र केसी समर्थक सर्वसाधारण आन्दोलनमा उत्रने भएका छन् ।

सरकारलाई दबाब दिन प्रदर्शनमा पूर्व प्रधानन्यायाधीशहरु सुशीला कार्की तथा कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, त्रिविका पुर्वउपकुलपति, केदारभक्त माथेमा, प्राध्यापक सुरेन्द्र लाभ, अधिकारकर्मी कृष्ण पहाडी, खगेन्द्र संग्रौला, नागरिक अभियन्ता देवेन्द्रराज पाण्डे लगायतका वुद्धिजिवि, लेखक, कलाकार र केसी समर्थकले ऐक्यबद्धता जनाउने भएका छन् ।

त्रिविमा अनसनरत डा. केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुुँदाहरुमा कुनै परिवर्तन नगरी यथाशीघ्ररुपमा पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालन लगायत कामहरु सुरु गर्नुपर्ने लगायत माग राखेका छन् ।