राजनीति

गोबिन्द केसीको ज्यान बचाउन ओली सरकार बिरुद्ध तरुण दल आक्रमक, आज माइतीघरमा प्रदर्शन

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था न्पाल तरुण दलले आज माईतीघर मण्डलामा ओली सरकारबिरुद्ध ब्यापक प्रदर्शन गर्ने भएको छ । हजारौं तरुण दलका कार्यकर्ताको साथमा हुन लागेको प्रदर्शनमा ७७ वटै जिल्लाका काठमाण्डौमा उपलब्ध तरुण दलका नेता कार्यकर्तालाई सार्बजनिक रुपमा तरुण दलले आमन्त्रण गरेको छ ।

सरकारले गरेको पेट्रोलियम् पदार्थको मूल्यबृद्धीको बिरोधमा आक्रमक बनेको काँग्रेसको शक्तीशाली भातृसंस्था तरुण दलले राजधानीमा गोबिन्द केसीलाई अपहरण शैलीमा सरकारले काठमाण्डौ ल्याएकोमा बिरोध र गोबिन्द केसीले मेडिकल सुधारका लागी गरेका मागहरु पुरा गर्दै उनको जिबन रक्षा गराउन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिनुमा केन्द्रीत हुने तरुण दलले जनाएको छ । बृहत तरुण प्रदर्शन नाम दिईएको उक्त बिरोध प्रदर्शन आज दिउँसो १२.४५ बजेबाट शुरु हुने दलले जनाएको छ ।

काँग्रेस सभापति देउवा लगायत केन्द्रीय नेताहरु गोबिन्द केसीको माग पुरा नगरेकोमा ओली सरकारसंग आक्रमक भईसकेको अवस्थामा काँग्रेस युवा भातृसस्थम तरुण दलले गर्ने आजको प्रदर्शनले महत्वपूर्ण राजनीतिक अर्थ राख्ने देखिन्छ ।

समाचार संकलनका लागी सार्बजनिक रुपमा मीडियालाई समेत तरुण दलले आमन्त्रण गरेको छ ।