राजनीति

अध्यक्ष दाहालको नाम जोडर आएको समाचार गलत : सचिवालय

काठमाडौँ । डा गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा केसीको माग जायज शिर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“डा केसीका विषयमा अध्यक्ष दाहालसंग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन्,” विज्ञप्तिमा भनिएको छ, “डा केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।”

अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ ।