राजनीति

डा. केसी कसैले उचालेर उचालिने मान्छे होइनन्ः सभापती देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझेका छन् । सभापतीे देउवाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले सरकार केसीका मागप्रति उदासिन बनेको आरोप लगाएका छन् । शुक्रबार त्रिवि अस्पतालमा पुगेर देउवाले सरकारले केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

केसीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी अभिव्यक्ती दिएको बताएका छन् । केसी कसैले उचालेर अनशन नबसेको देउवाको भनाइ छ । डा. केसी कसैले उचालेर नउचालिने मान्छे हुन्, देउवाले भने, उनका माग जनताका पक्षमा रहेकाले तुरुन्त सम्बोधन गरिनुपर्छ ।

उनले डा. केसीको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई आग्रह गरेका छन् भने सम्बद्ध सबैलाई वातावरण बनाउन आह्वान गरेका छन् ।