राजनीति

नेपाली कांग्रेसले ३६ औँ बीपी स्मृति दिवस मनाउँदै

काठमाडौँ । नेपाली कांग्रेसले संस्थापक नेता बी पी कोइरालाको स्मृति दिवस मनाउँने भएको छ । विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका महान नेता, नेपाली कांग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन श्रावण ६ गतेलाई नेपाली कांग्रेसले हरेक वर्ष बीपी। स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समुपस्थिति तथा केन्द्रीय नेताहरुको उपस्थितिमा आइतबार विहान ८ बजे पार्टीको केन्द्रीय कार्यालयमा ३६ औँ बीपी स्मृति दिवस मनाइने कार्यक्रम रहेको एक विज्ञप्तिद्वारा काँग्रसले जनाएको छ ।
देशका सबै जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा तहसम्म र भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित जनसम्पर्क समितिहरुले सबैको सहभागितामा वृक्षारोपण/ रक्तदान/ सभा/गोष्ठी/¥याली/प्रशिक्षण लगायतका विविध रचनात्मक कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा ३६ औँ बी।पी। स्मृति दिवस मनाउन पार्टीले यस अघि नै सबै जिल्ला, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र समेत गरिसकेको छ ।