समाचार

लागूऔषध मगाउने र ल्याईदिने केसी र सिंह प्रहरीको फन्दामा

काठमाण्डौ । लागूऔषत ओसार पसार गर्ने र मगाउने केसी र सिंह दुईजना प्रहरीको फन्दामा परेका छन् ।  शुक्रबार अन्दाजि प्रहरी प्रभाग नागढुङ्गावाट नियमित चेकजाँचको क्रममा काठमाण्डौ चन्द्रागिरी नगरपालीका नागढुगा स्थित बिरगंज तर्फबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख ३४८० नं. को यात्रुबाहक बस गाडि हेर्दा बसमा यात्रा गरी आएका सिंह पक्राउ परेका छन् ।

 

जिल्ला बारा देवताल गाउँपालिका वडा नं. २ घर हुने वर्ष १८ को अजित सिंहले लिई आएको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ५०/५० एम्पल नुफिन, फेनारगन र डाईजेल्याब फेला परेकोमा निज संग उक्त बरामद लागु औषध के कस्को लागि लिई आएको हो भनि सोधपुछ गर्दा निज पक्राउ परेका हुन् ।

उक्त बरामद लागु औषध जिल्ला सिन्धुपाल्चोक पिस्कर गाउँपालिका वडा नं. ४ घर भई हाल कलंकी बस्ने वर्ष २२ को नारायण केसीले मगाएको हुदा निजको लागि लिई आएको हो भनि बताएकोले निज अजित सिंहलाई साथमा लिई गई निज नारायण केसी लाई खोजतलास गर्दै जाने क्रममा निज नारायण केसीलाई सतुंगल स्थित अजित सिंहको साथबाट बरामद लागुऔषध लिन आई कुरी रहेको अवस्थामा  उनीसमेत प्रहरीको फन्दामा परेका छन् ।

पक्राउ परेका  नारायण केसी समेतलाई पक्राउ गरी महानगरिय प्रहरी वृत्त थानकोटमा थप अनुसन्धान तथा कारवाहिको लागि पठाएको प्रहरीले जनाएको छ ।

9851142136-rajeshwar