समाचार

एक किलो नक्कली सुनको नक्कली विल समेत बनाई बेच्न खोज्ने ३ ब्यक्ती प्रहरीको फन्दामा

काठमाण्डौ । एक केजी नक्कली सुनलाई औंठी, सिक्री र बिष्कुटको रुपमा देखाई उक्त समानको नक्कली बिल समेत बनाई बेच्न खोज्ने तीन ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिशेष सूचनाको आधारमा नक्कली सुन १ केजि को विस्कुट , वेरुवा औठीर १ थान नक्कली सुनको सिक्रिको नक्कली विल समेत देखाई ठगी गर्ने उदेश्यले ग्राहक खोजि हिडिरहेको अवस्थामा चावहिल, कोटेश्वर र कपन ईलाकालाई कार्यक्षेत्र बनाएर हिडेका राज लामा, टासी लाक्पा शेर्पा र म्लाङसिङ्ग लामा गरी तीन ब्यक्तीलाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको आज टेकुमा पत्रकार सम्मेलनमा काठ्माण्डौ प्रहरी प्रमुख बिश्वराज पोख्रेलले बताएका हुन् ।

प्रहरीले चावहिल, कोटेश्वर र कपन ईलाकामा सुन देखाई वेच विखन गर्दे हिडिरहेको छ भन्ने विशेष सुचना प्राप्त भए पश्चात परिसर काठमाडौवाट विशेष टोलि परिचालन गरि खोजतलास गर्दा बिहीबार बेलुकीको समयमा चुच्चेपाटीमा शंकास्पद अवस्थामा २ जना व्यक्ति हिडिरहेको अवस्थामा शंका लागी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र सोधपुछ गर्दा राज लामा र म्लाङसिङ्ग लामाहरुवाट दिएको वयानको आधारमा निजहरुको सहयोगी टासी शेर्पा लाई १ के.जि नक्कली सुन राख्न दिएको भने पश्चात टासी शेर्पा वसोवास गर्ने स्थान कपन ईलाका खोजतलास गरि फेला पारी नियन्त्रणमा लीई चेकजाँच गर्दा निजको साथवाट १ केजि नक्कली सुनको विस्कुट ,वेरुवा औठी र १ थान नक्कली सुनको सिक्रिको नक्कली विल समेत देखाई वरामद भएको जनाएको छ ।