समाचार

सम्पादक भट्टराईमाथि दुव्र्यहार र क्यामेरा तोडफोड

काठमाडौँ । ‘समय सन्दर्भ’का सम्पादक डिल्लीराम भट्टराईमाथि दुव्र्यहार भएको छ ।

समाचार संकलनका क्रममा काठमाडौँको बौद्धस्थित चाइना पिपुल्स हस्पिटल प्रालि पुग्नुभएका भट्टराईमाथि दुव्र्यहार भएको हो । अस्पतालका सञ्चालक चिनियाँ चाङ छाए इनले आफूलाई भौतिक आक्रमण गरेको र अस्पतालले आफ्ना साथमा रहेको क्यामरा खोसेको पीडित भट्टराईले बताए । उनले घटना भएपछि बौद्धस्थित प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर भट्टराईमाथि हस्पिटल प्रालिका सञ्चालकबाट गरिएको कुटपिट र क्यामेरा तोडफोडको घटनाको भत्र्सना गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।