राजनीति

नेकपा र कांग्रेसलाई विवेकशील साझाले दियो यस्तो च्यालेन्ज !

काठमाडौं । नेपाली कांग्रेससँगै गोविन्द केसीको समर्थनमा आन्दोलन गर्दै आएको विवेकशील साझा पार्टी कांग्रेस विरुद्ध खनिएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै उ काग्रेस विरुद्ध खनिएको हो ।

विवेकशील साझाले अनसनरत डा. गोविन्द केसीको मुद्धामा काग्रेस समेत दोषी रहेको जनाएको छ । कांग्रेस नेतृत्वकैँ सरकारको पालामा गोविन्द केसी सबैभन्दा बढी अर्थात ७ पटक अनसन बसेको तैपनि तत्कालिन कुनै सरकारले उनको मागको चित्तबुझ्दो सम्बोधन गर्न नसकेको विवेकशील साझाको भनाइ छ ।

विवेकशील साझाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अहिले कांग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन’, ‘डा. केसीका १५ मध्ये ७ वटा अनसन कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।’

विवेकशील साझा पार्टीले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई चुनौती दिदैँ शिक्षा र स्वास्थ्य जस्ता बिषय राज्यको दायित्वको रुपमा स्वीकार गर्न भनेको छ ।

यता, प्रमुख प्रतिपिक्षी दल कांग्रेस अनसनरत केसीको समर्थनमा सडक र सदनमा आन्दोलिन बनेको छ ।