प्रवास

अमेरिकामा एक होनहार युवाको मृत्यु

काठमाडौं । अमेरिकामा कार दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । अमेरिकाको भर्जिनिया राज्यस्थित सडकमा भएको दुर्घटनामा २६ बर्षिय नेपाली युवाको ज्यान गएको हो ।

नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिव भुप नारायण घर्तिमगरले एक शोक विज्ञप्ति प्रकाशित गर्दै दुर्घटनाबारे जानकारी दिएका छन् । विज्ञप्तीमार्फत नेपाली साहित्य समाज वाशिङटन डिसीले दुःख व्यक्त गरेको छ ।

एक होनहार युवाको दुर्घटनामा निधन भएको खबरले आफूहरू स्तब्ध भएको बताईएको छ । स्व. रिजाल अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका सदस्य एवम् कवि दुर्गा रिजालका कान्छा छोरा हुन् ।