समाचार

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुधबार रुपन्देही मध्य पश्चिम पृतना र अन्तर्गत पूर्वी रुकुम जिल्लामा तैनाथ खड्गदल गण र गुल्मी जिल्लामा तैनाथ वीरभद्रजंग गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, गण तथा गुल्मको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति क्षत्री आज पोखरास्थित पश्चिम पृतना रहने र शुक्रबार खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेर काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।