समाचार

केसी समर्थकमाथि प्रहरीको दादागिरी, विद्यार्थीसहित दर्जनौँ घाइते

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीका समर्थकमाथि प्रहरीले अत्यधिक दमन गरेको पिडितले बताएका छन् । केसीलाई काठमाडौं ल्याउन त्यहाँ पुगेको सरकारी टोलीलाई समर्थकले रोकेपछि अवस्था तनावग्रस्त बनेको छ । समर्थकको अवरोध हटाउन प्रहरीले अस्पताल परिसरभित्रै पुगेर बल प्रयोग गरेको छ ।

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनसनमा बसेका डा केसीलाई सरकारी टोलीले भेट्न खोज्दा समर्थकले भेटन नदिएपछि स्थिती तनावपूर्ण बनेको छ । प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेको पिडितहरुले बताएका छन् । दर्जनौँ विद्यार्थीसहित स्थानिय गम्भीर घाइते भएका र उनीहरुको अस्पतालको ईमरजन्सी कक्षमा उपचार भईरहेको छ ।

डा. केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीसँग सरकारी हेलिकोप्टमा काठमाडौं नजाने अडान डा केसीको छ ।