मनोरञ्जन

एउटा गीतको अपार सफलतापछि भिम ज्वलन्त योगीको “बिकृति छाको छ” (भिडियो)

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचाइएका गायक भिम ज्वलन्त योगी र रिता मगरको सन्देशमुलक गीत “बिकृति छाको छ ” को भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सो गीत बजारमा ल्याएको उनले बताएका छन ।

लोकदोहोरी पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गीत बजारमा आफुले ल्याएको गायिका रिता मगरले जानकारी दिइन । गीतमा रिता मगर र भिम ज्वलन्त योगी को आवाज रहेको छ ।

समाजको तितो यथार्थलाई गीतमा समेटने प्रयास गरिएको छ । ममता खत्री तथा भिम ज्वलन्त योगीको शब्द तथा संगीतमा गीत तयार गरिएको हो । गितको डान्सिङ भिडियो लाई दिनेश मुस्कानले क्यामेरामा कैद गरेका छन भने डान्सिङ गीतहरुमा एकराज थापाले निर्देशन गरेका छन ।

भिडियोमा सागर , रुविना विष्णु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन दिनेश मुस्कानले गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोलाः-