समाचार

आफू सरकारसँग झुकेर काठमाडौं नजाने गोविन्द केसीको प्रष्टोक्ती

काठमाडौं । अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान लिएका छन् । उनले आफू सरकारसँग झुकेर काठमाडौं नजाने बताएका हुन् । उनले सरकारी हेलिकोप्टरमार्फत काठमाडौं नजाने बरु आफैँ जाने बताएका छन् ।

केही घण्टा अगाडी केसीका समर्थकमाथि प्रहरीले कारवाही गरेपछि गोविन्द केसीले प्रहरी दमन रोक्न भएपनि काठमाडौ जाने बताएका थिए ।

सेनाको हेलिकोप्टर लिएर सरकारी टोली उनलाई लिन जुम्ला पुगेको छ ।

यो पनि पढ्नुहोस्:-

समर्थकमाथि लाठी चार्ज र अश्रुग्यास प्रहारपछि गोविन्द केसीले भनेः म काठमाडौं जान्छु