समाचार

समर्थकमाथि लाठी चार्ज र अश्रुग्यास प्रहारपछि गोविन्द केसीले भनेः म काठमाडौं जान्छु

काठमाडौं । झन्डैँ २१ दिनदेखि आमरण अनसनरत प्राडा गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । डा. केसी सहमत भएपछि उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याईने भएको हो । प्रहरीले केसीका समर्थकहरुमाथि बल प्रयोग गरेपछि उनी काठमाडौं आउन राजी भएका हुन् ।

काठमाडौंबाट उनलाइ लिन गएको सरकारी टोलीलाई केसीका समर्थकले केसी भएको ठाउँसम्म जान नदिएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीको कारवाहीमा विद्यार्थी र केही स्थानियहरु समेत घाइते भएका छन् ।

अनसनरत डा. केसीसँगै रहेका डा. विषद दाहालले केसीको भनाई उदृत गर्दै भने, ‘‘विद्यार्थीहरु तथा निमुखा कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु’ । गोविन्द केसीले सरकारले कुनै पनि हालतमा आफ्ना माग पूरा गर्नुपर्ने बताएका छन् ।