मनोरञ्जन

प्रतिभाशाली पुजा

काठमाडौं । नेपाली गायन क्षेत्रमा प्रत्येक दिन नयाँ नयाँ अनुहार आउनु नौलो कुरा होईन । यस क्षेत्रमा कोहि प्रतिभा भएकै कारणले यहि क्षेत्रमा जमेर काम गर्न आउछन भने कोही सोखले आउने गर्दछन् । सांगीतिक क्षेत्रमा नाम र दाम दुवै कमाउने सोचका साथ यही क्षेत्रमा लागिपर्नका लागि गायिका पुजा गुरुङ आफ्नो नयाँ नयाँ प्रस्तुतिका साथ देखापरिहेकी छिन् ।

बन्दिपुर-२ मुचुक मा जन्मिएकी गुरुङ सानै देखि आफ्नो स्कुल होस या साथीसंगी सबैका अगाडी गीत गाउने गर्थिन हो यहि कारणले पनि होला उनको साथीहरुले गायिका गायिका भनेर जिस्काएको उनी झल्झली सम्झन्छिन् ।

पुजा जब ठुली भईन र मा गायिका बन्छु भन्दा धेरैले उनलाई यो राम्रो क्षेत्र होइन यतातिर लाग्नु हुदैन बरु जागिर खानु पर्छ भन्दै पुजाको यो उडानलाई रोक्न धेरैले प्रयास गरे तर पुजाको बुवा आमाले कदापि पूजालाई रोक्नु भएन ।

उड्ने चरालाई आखिर कसले नै रोक्न सक्छ र नभन्दै उनि गायक तथा एरेन्जर महेश बिक्र्म पाण्डेको साथ र सहयोगले गर्दा आज एउटा गायिकाको रुपमा आफ्नो परिचय बनाउन सफल भएकिछिन् र उनले दर्जनौ गीतहरुमा आफ्नो आवाजको जादु चलाइसकेकि छिन् ।

सुरु सुरुमा यो क्षेत्र नबुझेको कारणले काठमाडौँ आउदा धेरैले मेरो पैसा खाइदिए उनले यो तितो अनुभव समेत सुनाइन् । लामो समयको संघर्स पछि पूजाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । उनी गीत गाउने मात्र नभएर गीत रचना समेत आफैले गर्छिन यसबाहेक गुलेली सिरिएलमा पनि सुन बुडिको मुख्य भुमिकामा पूजालाई देख्न सकिन्छ ।

पुजा हाल पुजा पुनम अडियो भिडियो सोलुसन प्राली समेत चलाउदै छिन् ।