आर्थिक

उवासंघको निर्वाचनका लागि उम्मेदवार घोषणा

उर्लाबारी, मोरङ । उर्लाबारी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि आज नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनले उम्मेदवारको नाम घोषणा गरेको छ ।

गठबन्धनले उर्लाबारी–७ स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारको नाम घोषणा गरेको हो ।

गठबन्धनमा काँग्रेससहित संघीय समाजवादी फोरम नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च समर्थित उद्योगी ÷व्यापारीहरु आबद्ध छन् ।

गठबन्धनले अध्यक्षमा प्रितम खड्गी, वरिष्ठ उपाध्यक्षमा विनोद न्यौपाने, वाणिज्य उपाध्यक्षमा संगीता अधिकारी, उद्योग उपाध्यक्षमा अरुण अग्रवाल, महासचिवमा हेमराज गुरुङ, वाणिज्य सचिवमा नेत्र आपागार्इं, उद्योग सचिवमा प्रदीप खनाल, कोषाध्यक्षमा सानु सुवेदी तथा सदस्यहरुमा प्रेम राई, निर्मला चौहान, सञ्जय शर्मा, रामप्रसाद धिमाल र अल्लाहदिन मियाँलाई उम्मेदवार बनाएको जनाएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा दोर्ण अधिकारी र सदस्यमा सुरेश राईलाई उम्मेदवार बनाएको छ भने अर्का एक जना लेखा सदस्यको उम्मेदवारको नाम पछि जानकारी गराइने गठबन्धनले पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

संघको निर्वाचन आगामी भदौ महिनामा गर्ने तयारी भइरहेको छ ।
धकाँग्रेस नगर सभापति वीरबल थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।