स्वास्थ्य

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यकः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै आजदेखि अभियान शुरु गरेको छ ।

सो पार्टीका अध्यक्ष कमल थापा र विभिन्न हिन्दूवादी संघसंस्थाका धर्मगुरुले शंख फुकेर संयुक्तरुपमा सो अभियानको शुभारम्भ गरे ।

सोे अवसरमा अध्यक्ष थापाले देशमा हिन्दूराष्ट्र कायम गराउनका लागि सबै हिन्दू धर्मावलम्बीले राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा जोड दिदै यसका लागि सबै दलसँग सहकार्य र समन्वय गरिने बताए ।

सातै प्रदेश र सबै स्थानीय तहमा यसवारे जनजागरणका कार्यक्रम सञ्चालन गरिने बताउँदै उनले पार्टीले उठाउँदै आएका हिन्दू राष्ट्रको मुद्दालाई स्थापित गराउने धारणा व्यक्त गरे ।

अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको छ भने ।

आगमी फागुन ७ गते अभियानलाई देशभर लैजाने बताइएको छ ।