आर्थिक

सानिमा बैंकको रेमिटयान्स सेवा मलेशियाबाट पनि

काठमाण्डौ । सानिमा बैंक र सिबिएल मनि ट्रान्सफर बिच मलेशिया—नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपाल भरि ८,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । मलेशियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सि.बि.एल मनि ट्रान्सफरको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् ।
आन्तरिक रेमिटेन्स सेवा साथै सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, कोरिया, लगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिदै आइरहेको छ ।
अहिलेसम्म सानिमा बंैकको सात वटै प्रदेशमा ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईले बताएका छन् ।