राजनीति

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएकी छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन भएको पार्टी कार्यालयले जनाएको छ ।