राजनीति

आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चिकित्शक संघको घोषणा

काठमाण्डौ । नेपाल चिकित्शक संघले डा. गोबिन्द केसीको जीबन रक्षाको माग गर्दै भोली बिहीबारबाट देशभरका अस्पताल बनद गर्ने निर्णय गरेको छ । चिकित्शक संघले भोली माईतीघर मण्डलामा दिलउँसो भेला भई आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय भएको घोषणा गरेको छ ।
सरकारी वार्ताटोलीलाई पुर्ण अधिकार नदिई जुम्लाबाट काठमाण्डौ ल्याउने षढ्यन्त्र मात्र भएको ठहर गर्दै डा. केसीलाई तलमाथी हुनबाट बचाउन सरकारलाई ढोका घच्घच्याउन मद्यत पुग्ने बिश्वास लिएको संघले बताएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले चिकित्शक संघको आन्दोलनलाई समर्थन गरिसकेको छ भने राजपाले समेत गोबिन्द केसीका माग सरकारले पुरा गर्नुपर्ने माग गरिरहेको छ ।
संघले एकदिन मात्र बनद गरेका छौं तर सरकारले हाम्रा कुरा गम्भीर भएर नसुने देशभरका आकस्मिक बाहेकका सबै कामकाज अनिश्चितकालका लागी ठप्प पार्छौ ।