पर्यटन/संस्कृति

‘मिस टुरिजम’ प्रतियोगिता हुने

काठमाडौँ । आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा आवेदन दिनसक्ने जानकारी दिए । प्रतियोगिताका लागि आजदेखि फारम खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट प्रतियोगिलाई विभिन्न संस्था र कम्पनीले ब्राण्ड एम्वेस्डर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरसमेत प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले उक्त प्रतियोगिताबाट पर्यटन क्षेत्रको आन्तरिक तथा बाह्य रुपमा प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।