आर्थिक

सेन्चुरी बैंकले गर्यो नियुक्ती पारस र प्रतिभालाई ब्रान्ड एमबेस्डोर

काठमाडौं । सेन्च्युरी बैंकले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभा मालीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। बुधबार काठमाडौंको इन्द्रणी रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरेर ब्रान्ड एम्बासडर नियुक्त गरिएको घोषणा गरिएको हो। उक्त नियक्ति एक बर्षका लागि हुने बैंकले जानकारी दिएको छ।

बैंकको विश्वश्नीयता तथा व्यवसायिक अभिवृद्धिका लागि उनीहरुलाई नियुक्त गरिएको बताइएको छ।

सेन्चयुरी बैंकले काठमाडौंमा १२ वटा शाखा र ६ वटा एक्सटेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ वटा शाखाहरु र २ वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ। उक्त बैंकको १० वटा शाखारहित बैंकिङ सेवा समेत चालु अवस्थामा रहेको छ। उक्त बैंकको कारोबार स्थल जम्मा १ सय १३ वटा रहेको छ।
उक्त कार्यक्रममा बैंकका कार्यकारी अधिकृत ऋषीराम गौतमले सबैभन्दा कँछो बैंक भएपनि सेन्चुली बैंकले चैत्रसम्मा नै ६३ करो कमाएको जनाउदै सबैको सहयोग भए यसको उन्नती अझै गर्न सकिने बताएका थिए ।