आर्थिक

बोटलर्स नेपाल ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ अवार्डद्वारा सम्मानित

काठमाडौं । इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाललाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ । साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाल लिमिटेडलाई सम्मान गरिएको हो । बोटलर्स नेपाल सन् २०१५ मा दोश्रो रनरअप र सन् २०१६ मा पहिलो रनरअप भएकोे थियो भने यसपाली उत्कृष्ट अवार्डको उपाधि नै चुमेको छ । उक्त सम्मान कार्यक्रम राजधानीको होटेल अन्नपुर्णमा १७ जुलाईको दिन आयोजित गरिएको हो । उक्त सम्मान बोटलर्स नेपालका प्रोक्रुमेंट म्यानेजर प्रकाश रुङगटा, प्रबन्ध निर्देशक पुनित भार्सने र फाइनान्स कन्ट्रोलर अशोक मन्डलले लिनु भएको थियो । उक्त अवार्ड अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गर्नु भएको थियो ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्मान ग्रहण गर्दै भने ‘म बधाई दिन चाहन्छु सम्पूर्ण बोटलर्स नेपाल परिवारलाई, जसको निरन्तर प्रयास र समर्पणले आज हामीले यो उपलब्धि प्राप्त गर्न सफल भएका छौँ । यसरी हामीलाई हरेक वर्ष आइक्यानले दिएको सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौशला प्रदान गरेको छ । यसले हामीलाई अझै खुल्ला र टास्पारेन्ट रुपमा कामगर्दै अगाडि बढ्न हौसला प्रदान गरेको छ । यो अवार्ड हाम्रा उपभोक्ता, पार्टनर्स, लगानीकर्ता, तथा अन्य सबै स्टेकहोल्डरहरुको सहयोगले मात्र संभव भएको हो । हामी भोलिका दिनमा अझ बढी उत्कृष्ट बनाउदै लग्ने छौँ ।’