बाग्मती

अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास परियारको मृत्यु हुनुका साथै भीमलाल आचार्य, नारायणी आचार्य र तुलसीदेवी आचार्य गम्भीर घाइते भएका घटनाले आफूलाई मर्माहत र दुःखी बनाएको उल्लेख गरेका छन्।

उनले यस दुःखद् घडीमा दिवंगत विकास परियारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् । पहिरोका कारण जलजला गाउँपालिका–७ का पाँच घर पूर्ण क्षति भएको र १५ घरपरिवार विस्थापित भएका छन् ।

अध्यक्ष तिमिल्सिनाले घाइतेहरुको उपचार, पीडित परिवारलाई राहत तथा बसोबासको शीघ्र व्यवस्थापनमा तदारुकताका साथ लाग्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।