राजनीति

गोबिन्द केसीमा माग पुरा नहुन्जेल संसद अबरुद्ध हुने काँग्रेस निर्णय

काठमाण्डौ । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोबिन्द केसीको माग पुरा नगरे संसद अबरुद्ध गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली काँग्रेसका शीष नेताहरुको बुधबार काठमाण्डौमा बसेको बैठकले डा. गोबिन्द केसीको जिबन खतरा रहेको र उनकन मागहरु जायज रहेको ठहर्दै उनका माग पुरा नभए आगामी संसद चल्न नदिने नेपाली काँग्रेसले निर्णय गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भोलीपल्ट नै काँग्रेसले सरकारका बिरुद्धमा कडा कदम चाल्न शुरु गरेको छ ।
नेपाली काँग्रेसले सरकारका बिरुद्धमा सरकार बाहिर रहेपछि ओली सरकारका बिरुद्धमा कडा कदम चालेको यो पहिलो राजनीतिक घटना हो ।
केही ब्यक्तीहरुको मागले सरकार नहलिलने प्रधानमनत्ती ओलीले बताईरहेका बेला काँग्रेसले गर्ने संसद अबरुद्धले सरकार कत्तिको गल्छ त्यो हेर्न बाँकी भएपनि प्रधानमनत्री ओली पछिललो समयमा गलेका छन् भन्ने उनका आफू घेराबनदीमा परेका बेला कार्यकर्ताले नबचाएको भनेर दिएको अभिब्यक्तीबाट पनि स्पष्ट हुन्छ ।

उक्त संसद अबरुद्ध गर्ने कुरा काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताएका हुन् । गोबिन्द केसीका माग पुरा गराउन नेपाल चिकित्शक संघले गर्ने देशब्यापी आन्दोलनलाई समर्थन गर्ने समेत काँग्रेसको निर्णयमा छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता शर्मा, मुख्य सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।