मनोरञ्जन

भब्य रुपमा सगरमाथा म्युजिक अवार्ड २०७५ हुँदै

काठमाडौं । रेस्पोन्सिभको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । आवेदन फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म आवेदन फारम भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्ड आगामी असोजमा हुनेछ । जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने आयोजक संस्था रेस्पोन्सिले जनाएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको यस अवार्डको गरिमा र विश्वसनियामा कुनै कमि हुन नदिने आयोजक संस्थाले जनाएको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।