समाचार

जिवित सालक उद्धार गरी गैरकानुनी बिक्री गर्ने दुईजना प्रहरीको नियन्त्रणमा

काठमाण्डौ । जिवित सालक उद्दार गरी बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार उक्त गैरकानुनी कृयाकलाप गर्ने ब्यक्तीलाई पक्राउ गरेको हो ।

जिल्ला चितवन ईच्छाकामना गाँउपालिका वडा नं. ५ मुग्लिनबाट संरक्षित वन्यजन्तु जिवित सालक अवैध रुपमा खरिद बिक्री गर्न ओसारपसार गरी बोकि हिडेको अवस्थामा जिवित सालक उद्दार गरी संलग्न निम्न स्थान बस्ने निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, चितवनमा बुझाईएको ब्यूरोले जनाएको छ ।

सालक ऋक्ष्त्भ्क् महासन्धी १९७५ को अनुसुची १ मा लोपोन्मूख प्रजातिको सूचीमा सूचीकृत प्राणी हो ।

पक्राउ मानिसहरुः जिल्ला गोरखा आरुघाट गाँउपालिका वडा नं. ६ बस्ने बर्ष २८ को टेक बहादुर गुरुङ, जिल्ला पाल्पा बगनास गाँउपालिका वडा नं. ४ बस्ने बर्ष ३५ को प्रेम बहादुर थापामगर रहेका छन् ।

पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१), सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ को दफा २१ (१) “क” बमोजिमको कसुरमा कारबाही हुनेछ ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै दण्ड र सजाय हुने कानूनी प्रावधान रहेको छ ।